एजेन्सी । यस सिजन प्रिमियर लिगको रेलिगेशन व्याटल निकै रोचक बनिरहेको छ । अन्तिम खेलले कुन दुई टिम रेलिगेट हुने हुन् त्यसको टुंगो लाग्नेछ । लिगको १७ औँ स्थानमा इभर्टन रहेको छ ।
इभर्टनको ३३ अंक रहेको छ । १८ औँ र १९ औँ स्थानमा लेस्टर सिटी र लिड्स युनाइटेड रहेका छन् ।
दुवैको समान ३१ अंक रहेको छ ।
अन्तिम खेलमा आउने नतिजाले दुई टिम रेलिगेट हुने टुंगो लाग्नेछ ।
अन्तिम खेलमा इभर्टनले बोर्नेमाउथसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै लेस्टर सिटीले वेस्टहम युनाइटेडसँग खेल्दैछ ।
लिड्सले टोटनहमसँग खेल्दैछ । तुलनात्मक हिसाबले इभर्टन जोगिने बलियो सम्भावना रहेको बताइएको छ ।
तर, अन्तिम खेलमा जस्तोसुकै नतिजा आउनसक्छ । लिगको पुछारमा रहेको साउथह्याम्टन यसअघि नै रेलिगेट भइसकेको छ ।