गृहपृष्ठ ∕ खेल ∕ ओमानले श्रीलङ्कालाई ९९ रनको सामान्य लक्ष्य दियोओमानले श्रीलङ्कालाई ९९ रनको सामान्य लक्ष्य दियो नेपालीपत्र शुक्रबार, २०८० असार ८ गते, १६:२८ मा प्रकाशित खेल काठमाडौँ। आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ अतर्गतको आजको खेलमा ओमानले श्रीलङ्कालाई ९९ रनको सामान्य लक्ष्य दिएको छ।जिम्बावेको बुलवायो क्रिकेट मैदानमा भएको खेलमा ओमान ३० दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९८ रनमा समेटियो। ओमानका लागि आयान खानले सर्वाधिक ४१ रन बनाए। ओमानका लागि जतिन्दर सिंहले २१ तथा फयाज बुटले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।ओमानलाई सस्तैमा समेट्ने क्रममा श्रीलङ्काका वानिन्दु हसरङ्ग एक्लैले पाँच विकेट लिए भने लाहिरु कुमाराले तीन विकेट लिए। त्यस्तै कसुन रजितले एक विकेट झारे। श्रीलङ्का अहिले जवाफी ब्याटिङमा उत्रेको छ। #ओमान #श्रीलङ्काग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाईफाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिकाठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरूकाठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाईपाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरकोधेरै पढिएका खबर १ संसद्को हिउँदे अधिवेशन आज देखि २ देशभर आज शहीद दिवस मनाइँदै ३ आज जैविक विविधता दिवस ४ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै ५ अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी ६ तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण ७ कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीनThe Film Nepal