Techie IT
२०८१ फागुन २६, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलवेस्ट इन्डिजद्वारा नेपाल १०१ रनले पराजित

वेस्ट इन्डिजद्वारा नेपाल १०१ रनले पराजित


काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा भर्खरै सम्पन्न खेलमा नेपाल १०१ रनले पराजित भएको हो ।

३४० रनको लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा अलआउट हुँदै २३८ रनमात्र बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रन जोड्दा, रोहित पौडेलले ४३ बलमा ३०, आशिफ शेखले ३६ बलमा २८, करण केसीले २७ बलमा २८, दिपेन्द्र सिंह ऐरीले २० बलमा २३ रन जोडे । यस्तै, कुशल भुर्तेल ६ बलमा ५, भीम सार्की ७ बलमा २, कुशल मल्ल ६ बलमा २ रन तथा सन्दीप लामिछाने ४ बलमा १ रनमा आउट भए ।

बलिङतर्फ वेस्ट इन्डिजका लागि जेसन होल्डरले ३ विकेट लिए भने अल्जारी जोसेफ, किमो पल र अकिल हुसेनले २–२ विकेट लिँदा कायली मेयर्सले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रनको योगफल बनायो । वेस्ट इन्डिजका कप्तान होपले सर्वाधिक १३२ रनको योगदान दिए । उनले १२९ बलमा १० चौका र तीन छक्का प्रहार गर्दै १३२ रनको योगदान दिएका हुन् ।

त्यस्तै निकोलस पुरनले ११५ रन बनाए । उनले ९४ बलमा १० चौका र चार छक्कासहित ११५ रनको योगफल बनाएका हुन् । चौथो विकेटका लागि पुरन र होपले २१६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।

ब्रेन्डन किङ्गले ४२ बल खेल्दै दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन जोडे । यस्तै रोभम्यान पावेलले तीन चौका र एक छक्काको सहयोगमा १४ बलमा २९ रन बनाए । वेस्ट इन्डिजका सुरुआती व्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट भए भने जासोन होल्डरले अविजित १६ रन बनाए ।

बलिङतर्फ नेपालका ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिए ।

यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो । जारी छनोट प्रतियोगितामा १० टोली सहभागी छन् । समूह ‘ए’ मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्ट इन्डिज तथा समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, ओमान, युनाइटेड अरब इमिरेटस् (युएई) र स्कटल्यान्ड रहेका छन् ।

दुवै समूहबाट शीर्ष तीन/तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सका शीर्ष दुई टोलीले भारतमा आयोजना हुने विश्वकप क्रिकेटका लागि स्थान बनाउने छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट

१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍याे

काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का

नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने

बागमती गोल्डकप आगामी शनिबार देखि

मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका

Techie IT