काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपालले छैटौं सफलता पाएको छ। नेपालका ललित राजवंशीले नेपाललाई छैटौं सफलता दिलाएका हुन्।
जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा जारी खेलको २७.४ ओभरमा राजवंशीले छैटौँ विकेट लिएका हुन्।
जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा जारी खेलको २७.४ ओभरमा राजवंशीले छैटौँ विकेट लिएका हुन्। उनले सुशान्त मोदानीको विकेट लिएका हुन्।
त्यसभन्दा अघि २२.३ ओभरमा दीपेन्द्रसिहं ऐरीले अमेरिकाका गजानन्द सिंहको विकेट लिएका थिए।
करण केसीले सुरुवातका चार विकेट लिएका थिए। उनले पहिलो विकेट स्टेभिन टेलरको लिएका हुन्। उनले सो विकेट १.५ ओभरमा लिए। त्यस्तै, दोस्रो विकेट १.६ ओभरमा साइतेजा मुकामाल्लाको लिए।
त्यसपछि ७.५ ओभरमा आरोज जोन्सको विकेट लिए भने ९.२ ओभरमा नोस्थुस केन्जिगेको लिए।