गृहपृष्ठ ∕
खेल ∕
साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा
काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् ।
गएको वर्ष हाङचाउ एशियाली खेलकुदमा पदक नजिक पुगेका विप्लवले पत्रकार सम्मेलन गर्दै सन्नयास घोषणा गर्नुको प्रमुख कारण नेपाल कराते महासङ्घ नेतृत्वको विभेदपूर्ण व्यवहार भएको बताएका छन् ।
एरिका गुरुङले स्वर्ण जितेको १०औं सितेरियो इन्टरनेशनल च्याम्पियनशिपमा विप्लवले रजत जितेका थिए । चीनमा भएको एशियाडमा दुई बाउट जित्दै पदक नजिक पुगेका थिए ।
त्यसपछि उनले यूएस ओपन कराते च्याम्पियनशिपमा सहभागिता जनाए भने भूटानमा जुलाईमा भएको आठौं दक्षिण एशियाली कराते च्याम्पियनशिपमा स्वर्ण पदक जितेका थिए ।
उनले आफ्नो क्षमता अनुसारको प्लेटफर्म दिनुपर्नेमा सङ्घले उल्टै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूबाट वञ्चित गराएको आरोप लगाएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का
काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा
काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ
बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई
काठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित