गृहपृष्ठ ∕ खेल ∕ १०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्याे१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्याे नेपालीपत्र शुक्रबार, २०८१ फागुन १६ गते, ०८:४१ मा प्रकाशित खेल काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुद आयोजनाको नयाँ मिति तय गरेको छ ।नयाँ मितिअनुसार २०८२ साल जेठ ३ देखि १० गतेसम्म १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको राखेपले जनाएको छ । यसअघि २०८१ साल चैत २३ देखि ३० गतेसम्म प्रतियोगिता गर्ने भनिएको थियो । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनमा २०८१ को मङ्सिर २ देखि ९ गतेसम्म आयोजना गर्ने घोषणा गरिएको थियो ।यस्तै बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।राखेपले अवैध ठहर गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) को चुनावमा सहभागी ६ राष्ट्रिय खेल सङ्घलाई राखेपले निलम्बन गर्ने निर्णयसमेत गरेको छ । #कर्णाली प्रदेश #राष्ट्रिय खेलकुद प्रतियोगिताग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैकाठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणाकाठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्षधेरै पढिएका खबर १ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई २ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ३ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ४ गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार ५ मामीमा नेपाली चलचित्र ६ सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह ७ नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरणThe Film Nepal