गृहपृष्ठ ∕
खेल ∕
नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने
काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने भएका छन् ।
दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगञ्जयुनाइटेडले यसपटक नखेल्ने भएका हुन् । पहिलो संस्करणमा सात र दोस्रो संस्करणमा नौ टोलीले एनएसएल खेलेका थिए । पहिलो संस्करणमा विराटनगर सीटी एफसीले दोस्रो संस्करण खेलेन । दोस्रो संस्करण थपिएका तीनमध्ये झापा एफसीले मात्र यो पटकको एनएसएल खेल्ने भएको छ ।
पहिलो संस्करणको विजेता काठमाण्डौ रेजर्स, दोस्रो संस्करणको विजेता ललितपुर सीटी एफसीसहित दुई पटककै उपविजेता धनगढीसहित एफसी चितवन, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले लगातार तेस्रो संस्करण खेल्नेछन् ।
तेस्रो संस्करणका लागि यही फागुन १० गते अक्सन हुने आयोजक नेपाल स्पोर्टस एण्ड म्यानेजमेन्ट (एनएसइएम) ले जनाएको छ । एउटा टोलीले कम्तीमा २२ र बढीमा २३ खेलाडी राख्न पाउनेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।
सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका
फाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा
काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै
काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो