Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलपहिलो संस्करणको एनपीएल सम्पन्न: कसले कति पुरस्कार पाए ?

पहिलो संस्करणको एनपीएल सम्पन्न: कसले कति पुरस्कार पाए ?


काठमाडौँ । गएको मंसिर १५ गतेदेखि शुरु भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सकिएको छ । शनिबार जनकपुर बोल्ट्स् र सुदूरपश्चिम रोयल्सको फाइनल खेल समापनसँगै एनपीएल सकिएको हो ।

उपाधि विजेता जनकपुरले एक करोड १० लाख रुपैयाँ पुरस्कार पायो । यस्तै उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँमा पाएको छ । तेस्रो स्थान हात पारेको कर्णाली याक्सले २५ लाख र चौथो स्थानको चितवन राइनोजले १५ लाख रुपैयाँ पुरस्कार पाएका छन् । प्रतियोगितामा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड पाएको छ ।

एनपीएलको सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी घोषित भएका छन् । सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ऐरीले ६२ लाख मूल्य बराबरको ओमोडाको ई–५ ईभी कार पाएका छन् ।

यसैगरी एनपीएलको उत्कृष्ट बलर जनकपुरका ललितनारायण राजवंशी घोषित भए । उनले मोटरसाइकल पुरस्कार पाएका छन् ।

एनपीएलको प्लेयर अफ दी सिरिज सुदूरपश्चिमका सैफ अली जैब बन्न सफल भए । उनले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

कर्णाली याक्सका विपिनप्रसाद शर्माले इमर्जिङ प्लेयरको उपाधि हात पारेका छन् । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् ।

यस्तै इनर्जेटिक प्लेयर अफ दी टुर्नामेन्ट जनकपुरका जिमी निसम घोषित भए । उनले दुई लाख रुपैयाँ पुरस्कार पाएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT