गृहपृष्ठ ∕ खेल ∕ एनपिएलको प्लेअफ पुग्ने चारवटै टोलीको टुंगो लाग्योएनपिएलको प्लेअफ पुग्ने चारवटै टोलीको टुंगो लाग्यो नेपालीपत्र सोमबार, २०८१ पुस १ गते, १३:१७ मा प्रकाशित खेल काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।सोमबार कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको एनपिएलको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णलीलाई ६ विकेटले हराएको हो ।योसँगै सुदूरपश्चिम रोयल्सले क्वालिफायर १ मा जनकपुर बोल्ट्ससँगको भेट पक्का गरेको छ। प्लेअफ पुग्ने चारवटै टोलीको टुंगो पनि लागेको छ।सुदूरपश्चिम र जनकपुरले क्वालिफायर १ खेल्दा चितवन राइनोज र कर्णाली याक्सले इलिमिनेटर खेल्ने छन् । क्वालिफायर १ को विजेता सिधै फाइनल पुग्ने छ भने पराजित टोलीले इलिमिनेटरको विजेतासँग फाइनल पुग्न पुनः भिड्ने छ ।सुदूरपश्चिमले सातमध्ये एक खेलमा हार बेहोर्दै १२ अंक जोड्यो। जनकपुरले १० तथा कर्णाली र चितवनले समान आठ अंक जोडेका छन् । #एनपिएलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुनेकाठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने बागमती गोल्डकप आगामी शनिबार देखिमकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ । नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्डसर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाईफाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदैधेरै पढिएका खबर १ इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने हमासको घोषणा २ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ३ मुस्ताङको लुरी गुम्बा ओझेलमा ४ बागमती गोल्डकप आगामी शनिबार देखि ५ माओवादीले भूमिगत राजनीति थालेको तीस वर्ष पूरा ६ नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड ७ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाेThe Film Nepal