गृहपृष्ठ ∕ खेल ∕ जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजितजनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित नेपालीपत्र बुधबार, २०८१ मंसीर २६ गते, ११:५४ मा प्रकाशित खेल काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले पहिलो हार व्यहोरेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट रंगशालामा भएको खेलमा जनकपुर सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको हो ।सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुर १२ ओभर १ बलमा ५१ रनमा अलआउट भयो । एनपीएलमा यो सबैभन्दा कम योगफल हो । जनकपुरका जोशआ ट्रोम्पले सबैभन्दा धेरै १३ रन बनाए । जनकपुरका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका हरमीत सिंह, कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले २–२ विकेट लिए ।यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनायो । सुदूरपश्चिमका विनोद भण्डारीले ३३ रन बनाए । जनकपुर बोल्ट्सका किशोर महतोले ४ विकेट लिए ।एनपीएलमा आजको दोस्रो खेलमा दिउँसो १ बजे काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् । #एनपीएल #जनकपुर बोल्ट्सग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैकाठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणाकाठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनबागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुईधेरै पढिएका खबर १ थापाको ‘आमा नभएको घर’ प्रकाशित २ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ३ गाजाको विद्यालयमा इजरायलले गरेको आक्रमणमा २७ जनाको ज्यान गयो ४ रवि लामिछाने कारागार चलान ५ वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध ६ नेपाल विद्युत प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने ७ काठमाडौं महानगरपालिकाले ल्यायो घुम्ती खाद्य प्रयोगशाला सञ्चालनThe Film Nepal