गृहपृष्ठ ∕
खेल ∕
यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
काठमाडाैँ । १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार आज बिहान पौने ११ बजे शुरू हुने छ । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल आज खेल्न लागेको हो ।
यसअघि लगातार दुई खेलमा पराजित भएको नेपाल लगभग प्रतियोगिताबाट बाहिरी सकेको छ । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले र दोस्रो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित भएको हो ।
१९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ‘बी’ मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । एशिया कप क्रिकेटमा आजै बङ्गलादेश र श्रीलङ्का पनि खेल्दैछन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
फाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा
काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै
काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो
काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति
काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को
पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको