गृहपृष्ठ ∕ खेल ∕ आईसीसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले निकाल्याे दोस्रो जितआईसीसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले निकाल्याे दोस्रो जित नेपालीपत्र बिहीबार, २०८१ कात्तिक २२ गते, १५:३४ मा प्रकाशित खेल काठमाडौँ । आईसीसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।बिहीबार युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको खेलमा नेपालले कुवेतविरुद्ध १०८ रनको फराकिलो जित निकालेको हो । नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याउने क्रममा कुवेत १३ ओभरमा २२ रनमै समेटिएको हो ।त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३० रनको योगफल खडा गरेको थियो । नेपालकी पूजा महतोले ३४ रन बनाएकी थिइन् । साना प्रविनले २५ रन थप्दा ज्योत्स्निका मरासिनीले २३ रन जोडिन् । कुवेतकी अयसा पेवेकरले दुई र जिफा जिलानीले एक विकेट लिए ।यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डविरुद्ध ६७ रनको जित दर्ता गराएको थियो । #यू– १९ विश्वकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमाधेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ३ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ४ युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु ५ बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर ६ चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न ७ एन्फा कप फुटबल प्रतियोगिता नहुनेThe Film Nepal