Techie IT
२०८१ चैत्र २८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलमहिला यु–१९ क्रिकेट: नेपालले आज कुवेत सँग प्रतिस्पर्धा गर्दै

महिला यु–१९ क्रिकेट: नेपालले आज कुवेत सँग प्रतिस्पर्धा गर्दै


काठमाडौँ । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले बिहीबार कुवेत सँग प्रतिस्पर्धा गर्दैछ ।

संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन क्रिकेट रङ्गशालामा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे शुरु हुने छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको नेपाल लगातार दोस्रो जितको खोजिमा छ ।

बुधबार भएको प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली यूएईले कुवेतलाई १ सय ३ रनले पराजित गरेको थियो । कुवेत यस खेलमा पुनरागमन गर्ने लक्ष्यमा हुने छ । कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्यान्डको सहभागिता रहेको छ ।

यही कात्तिक २९ गते सम्म चल्ने उक्त प्रतियोगितामा आयोजक युएई सहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोली मध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ ।

विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

महिला टी–२० मा नेपालले हरायो हङकङलाई

काठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित

Techie IT