गृहपृष्ठ ∕
खेल ∕
साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै
काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साँढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु हुनेछ ।
सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । बंगलादेश भने सेमिफाइनलमा भुटानमाथि सहज जित निकाल्दै फाइनलमा पुगेको हो ।
सन् २०१० मा शुरु भएको साफ महिला च्याम्पियनसिपको यो सातौं संस्करण हो । यसअघिका ६ मध्ये पाँच संस्करणको फाइनलमा पुगेको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
पहिलो चारवटा फाइनलमा भारतसँग हारेको नेपाल अघिल्लो संस्करणको फाइनलमा भने बंगलादेशसँग पराजित भएको थियो । यसपटक नेपाललाई उक्त हारको बदला लिँदै आफ्नै मैदानमा दक्षिण एसियाली च्याम्पियन बने अवसर जुरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
फाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा
काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै
काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो
काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति
काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को
पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको