नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
काठमाडौँ । नेपाल समूह ‘बी’ को विजेता बन्दै साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलले हरायो । नेपालका लागि रेखा पौडेलले २ तथा सावित्रा भण्डारी, सबिता राना मगर, रश्मीकुमारी घिसिङ र अमिशा कार्कीले समान १ गोल गरे ।
योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । भुटान समूह ‘बी’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो खेलमा भुटानले माल्दिभ्सलाई १३(० गोलले हरायो । समूह ए’ बाट बङ्गलादेश विजेता बन्दै र भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेका छन् ।
अब सेमिफाइनलमा नेपालले भारतसँग र बङ्गलादेशले भुटानसँग खेल्नेछ । सेमिफाइनल खेल आउँदो आइतवार हुनेछ । साफ महिला च्याम्पियनशिपको फाइनल खेल आउँदो बुधवार हुनेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
फाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा
काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै
काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो
काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति
काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को
पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको