गृहपृष्ठ ∕
खेल ∕
एभरेष्ट महिला भलिबल लिगमा लगातार जितसहित कर्णाली फाइनलमा एभरेष्ट महिला भलिबल लिगमा लगातार जितसहित कर्णाली फाइनलमा
काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगमा लगातार चौथो जितसहित कर्णाली यश्विज फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा चितवन शक्तिलाई ३–२ को सेटमा हराउँदै कर्णाली फाइनलमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा कर्णालीले चितवनलाई २१–२५, २५–१८, २१–२५, २५–१५ र १५–१३ ले हरायो । जितसँगै कर्णाली लिगको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । अपराजित रहँदै फाइनलमा पुगेको कर्णालीले १० अंक बनाएको छ ।
कर्णालीले यसअघि मधेश युनाइटेड, गण्डकी थन्डर्स र ललितपुर क्विन्सलाई हराएको थियो । पराजित टोली चितवनको भने फाइनल प्रवेशको बाटो कठिन बनेको छ ।
लिगको आफ्नो अन्तिम खेलमा चितवनले ललितपुर क्विन्सको सामना गर्नेछ भने कर्णालीले काठमाडौंको सामना गर्नेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
फाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा
काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै
काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो
काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति
काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को
पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको