गृहपृष्ठ ∕ खेल ∕ ललितपुर क्विन्सले ट्यालेन्ट हन्ट गर्नेललितपुर क्विन्सले ट्यालेन्ट हन्ट गर्ने नेपालीपत्र बिहीबार, २०८१ असोज ३ गते, १७:५५ मा प्रकाशित खेल काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को टोली ललितपुर क्विन्सले असोज ५ गते ट्यालेन्ट हन्ट गर्ने भएको छ । जावलाखेलस्थित जावलाखेल भलिबल तालिम केन्द्रमा अपराह्न १२ बजेदेखि ट्यालेन्ट हन्ट सुरु हुनेछ ।क्लबका मुख्य प्रशिक्षक उत्सव खड्कालगायत व्यवस्थापकीय टोलीले उक्त कार्यक्रमबाट एकजना उत्कृष्ट खेलाडी छनोट गर्नेछ । छनोट हुने खेलाडीले आगामी असोज १४ गते देखि १९ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्डहलमा हुने पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछ ।कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नजनाएको खेलाडी मात्रै ट्यालेन्ट हन्टमा सहभागी हुनु योग्य हुनेछ ।ईडब्लूभीएलको नियमावली अनुसार सहभागी टोलीमा १२ खेलाडी समावेश हुनेछन् । जसमध्ये ८ जना आयोजकले ड्राफ्टमार्फत हरेक टोलीलाई उपलब्ध गराएको छ । तीन विदेशी र एक ट्यालेन्ट हन्टमार्फत छनोट गर्नु पर्नेछ । #ईडब्लूभीएल #ललितपुर क्विन्सग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाईकास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट १०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्याेकाठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुनेकाठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने बागमती गोल्डकप आगामी शनिबार देखिमकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ । नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्डसर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएकाधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ३ ‘सम्बन्धित निकायको समन्वयकारी भूमिका भएमा खण्डमा सुन तस्करी जस्ता गैरकानुनी गतिविधि अन्त्य गर्न सकिन्छ’ ४ धम्की दिएर ५ करोड माग्ने २ जना पक्राउ ५ रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग ६ निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्: मन्त्री भण्डारी ७ सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शनThe Film Nepal