गृहपृष्ठ ∕
खेल ∕
क्यानाडामा जारी त्रिदेशीय श्रृंखलामा नेपाल ओमानसँग पराजित क्यानाडामा जारी त्रिदेशीय श्रृंखलामा नेपाल ओमानसँग पराजित
काठमाडौँ । क्यानाडामा जारी त्रिदेशीय क्रिकेट श्रृंखलामा नेपालले लगातार दोस्रो हार भोगेको छ । किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाललाई ओमानले एक विकेटले हराएको हो ।
खेलमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनायो । नेपालका कप्तान रोहित पौडेलले ६० रन बनाउँदा गुल्शन झाले ५३ रनको योगदान दिए ।
जवाफमा २ सय २१ रनको चुनौती ओमानले खेलमा एक बल बाँकी छँदा ९ विकेट गुमाएर पुरा ग¥यो । ओमानको जितमा जतिन्दर सिंहले सर्वाधिक ४३ रन जोडे । नेपालका गुल्सन झाले ५ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन् । यो हारसँगेै नेपालको आइसीसी विश्वकप क्रिकेट लिग टु को यात्रा कमजोर बनेको छ ।
लिग टु को ६ खेलबाट नेपालको दुई अंक मात्रै छ । आठ टोली सहभागी लिग टु क्रिकेटमा नेपाल पुछारबाट दोस्रोमा छ । पुछारको टोली युएई अंकविहीन अवस्थामा रहँदा छैटौं स्थानको ओमानको ५ अंक भएको छ । ८ खेलबाट १२ अंक जोडेको नेदरल्याण्ड्स शीर्ष स्थानमा छ भने क्यानाडाले ९ खेलबाट १० अंक जोडेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का
काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा
काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ
काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष
बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई