Techie IT
२०८२ वैशाख १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलपलेशालाई पोखरामा सम्मान

पलेशालाई पोखरामा सम्मान


पोखरा। ऐतिहासिक पदक विजेता पलेशा गोबद्धन पोखरामा सम्मानित भएकी छन् । पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशालाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र कास्की जिल्ला तेक्वान्दो संघले सम्मान गरेका हुन् ।

आइतबार पोखरा रंगशालामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले सम्मान गर्यो । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पलेसलाई १ लाख ५० हजार रुपैयाँले सम्मान गरेका हुन्। गण्डकी प्रदेश सरकारले पलेशालाई मासिक भत्ता पाँच हजार पनि दिने भएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले २ लाख २२ हजार २२२ रुपैयाँसहित सम्मान गरे । महानगरले पलेशाका प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई समेत सम्मान गरेको छ ।

कास्की जिल्ला तेक्वान्दो संघले ५१ हजार रुपैयाँ प्रदान गर्दै पलेशालाई सम्मान गरेको छ । संघले प्रशिक्षक लामालाई १० हजार ५५ रुपैयाँ प्रदान गरेको छ ।

पारा ओलम्पिकमा पलेशाले महिला ५७ केजीमुनिको विधामा ऐतिहासिक कास्य पदक हात पारेकी थिइन् ।

यसअघि उनलाई सरकारले सम्मान गरेको थियो । काठमाडौं महानगरपालिद्वारा उनी सम्मानित भएकी छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

Techie IT