Techie IT
२०८१ मंसीर १९, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेल‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै


काठमाडौँ। शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज सोमबार दुई खेलहरु हुँदैछन्। आजको खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र च्यासलस्थित च्यासल रंगशालामा हुन लागेको हो।

एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। यो खेल दिउँसो ३ बजे सुरु हुनेछ। आर्मीले १९ खेलबाट २६ अंक जोडेको छ। समान खेलबाट फ्रेन्ड्सले २१ अंक जोडेको छ।

यस्तै च्यासल मैदानमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ। यो खेल पनि दिउँसो ३ बजे सुरु हुनेछ।

चर्च ब्वाइजले १९ खेलबाट ३६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। समान खेलबाट शेर्पाले २५ अंक जोडेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लुम्बिनी लायन्समाथि विराटनगर किङ्ग्सकाे राेमाञ्चक जीत

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हराएकाे छ । लुम्बिनीले दिएकाे १ सय

काठमाडाैँमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

काठमाडाैँ । नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा काठमाण्डौमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आउँदो पुस ८ देखि १० गतेसम्म

एनपीएलमा चितवनको दोस्रो जीत, पोखरा ८७ रनले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको छ । चितवनले दिएको १ सय

विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम विजयी

काठमाडौं । सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्स विरुद्ध सानदार जीत निकाल्दै नेपाल प्रिमियर लिगमा सुखद शुरुआत गरेको छ । सुदूरपश्चिमले दिएको

यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

काठमाडाैँ । १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार

कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान

Techie IT