Techie IT
२०८१ फागुन २६, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेल४ हजार ६ सय मिटर उचाइमा स्वास्थ्य शिविर सम्पन्न

४ हजार ६ सय मिटर उचाइमा स्वास्थ्य शिविर सम्पन्न


काठमाडाैँ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुको आयोजना तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहयोगमा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको प्रमुख धार्मिकस्थल दूधकुण्डमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

४ हजार ६ सय मिटर उचाइमा रहेको दूधकुण्डमा आउने तीर्थयात्रीहरूलाई उचाइका कारण लाग्ने स्वास्थ्य समस्यालाई मध्यनजर गरी यही भदौ १ देखि ३ गतेसम्म सञ्चालन भएको शिविर सम्पन्न भएको हो । यो स्वास्थ्य शिविर दूधकुण्ड जाँदा बखतको कामुडाँडा, बाटोका विभिन्न ठाउँ हुँदै दूधकुण्डमा सञ्चालन गरिएको थियो ।

उचाइका कारण टाउको दुख्ने, बान्ता हुने, रक्तचापमा वृद्धि, झाडापखाला, रिँगटा लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने लगायतका तीर्थयात्रीहरूलाई स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।

शिविर सञ्चालन गर्नका लागि १० जना स्वयंसेवक परिचालन भएका थिए । औषधि तथा स्वयंसेवकका लागि खाना र आवास व्यवस्थापन तथा सामग्रीको व्यवस्थापन नेपाल लाइफ इन्स्यनोरेन्सले गरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट

१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍याे

काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का

नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने

बागमती गोल्डकप आगामी शनिबार देखि

मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका

Techie IT