Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलसाफ यु– २० च्याम्पियनसिप आजबाट

साफ यु– २० च्याम्पियनसिप आजबाट


काठमाडौँ । आज आइतबारदेखि नेपालमा साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप शुरु हुँदैछ । नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज श्रीलंकासँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्ने भएको छ ।

दशरथ रंगशाला खेल्न योग्य नभएपछि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तिम समयमा खेल स्थल सार्नु परेको हो ।

च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन् । नेपालका प्रशिक्षक उर्जन श्रेष्ठ र कप्तान कुशल देउवाले उच्च मनोबलका साथ खेल्दै उपाधि घरमा नै सुरक्षित राख्ने बताएका छन् ।

प्रशिक्षक श्रेष्ठले ४५ दिनदेखि तयारी गर्ने अवसर पाएको र सोहीअनुरूप प्रशिक्षण प्रभावकारी भएकाले नतिजा सुखद् ल्याउने विश्वास व्यक्त गरेका छन् ।

गत संस्करण यु–१९ खेलेका ११ खेलाडी अहिले यस टोलीमा रहेका छन् । एनएसएल, लिग र ‘सी’ डिभिजन खेलिसकेका खेलाडी भएकाले टोली अनुभवी बनेको प्रशिक्षक श्रेष्ठको विश्वास छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT