Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलश्रीलंकालाई हराउँदै इरानले जित्यो कास्य पदक

श्रीलंकालाई हराउँदै इरानले जित्यो कास्य पदक


काठमाडौँ । श्रीलंकालाई हराउँदै इरान काभा महिला भलिबल नेसन्स लिगमा तेस्रो भएको छ ।

बुधबार भएको तेस्रो स्थानको खेलमा श्रीलंकामाथि सोझो सेटको जित निकाल्दै इरानले कास्य पदक जितेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा इरानले श्रीलंकामाथि २५–२२, २८–२६ र २५–१७ को सहज जित निकाल्दै गर्दै कास्य पदक जितेको हो ।

सेमिफाइनलमा इरान नेपालसँग सोझो सेटमा पराजित हुँदै तेस्रो स्थानका लागि खेलेको हो । श्रीलंका भने भारतसँग पराजित भएको थियो ।

पाँच टोली सम्मिलित लिगमा श्रीलंका काभामा चौथो भएको छ। लिग चरणका सबै खेलमा पराजित भएको मालदिभ्स भने पाचौँ भएको छ ।

आजै हुने फाइनल खेलमा नेपाल र भारत भिड्दैछन्। सो खेल पाँच बजे सुरु हुनेछ। साविक विजेता समेत रहेको भारत उपाधि रक्षाको होडमा छ ।

नेपाल भने भारतमाथि लिग चरणकै इतिहास दोहोराउने योजनामा हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई

फाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा

खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…

काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै

साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने

काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि

काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति

आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू

काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को

फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको

Techie IT