गृहपृष्ठ ∕
खेल ∕
दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक
काठमाडाैँ । ११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छिन् । काजखस्तानमा सम्पन्न प्रतियाेगितामा उनले इन्क्लाइन बेन्च प्रेस (आईबीपी) मा ८० केजी प्लस ल समूहमा स्वर्ण पदक प्राप्त गरेकी हुन् ।
९५ केजी तौल समुहमा प्रतिष्पर्धा गरेकी बिष्टले आईबीपी च्याम्पियनसिपमा तेस्रो पटक नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । उनले स्वार्ण पदकसँगै प्रमाणपत्र र ट्रफी प्राप्त गरेकी छन् ।
बिष्टले गत वर्ष भारतको हैदराबादमा सम्पन्न १०औं संस्करणको च्याम्पियनसिपमा ९० केजी तौल उचालेर कीर्तिर्मान बनाएकी थिइन् । त्यसअघि उनले किर्गिस्तानमा आयोजित नवौँ संस्करणमा पहिलो पटक ७२ केजी तौल उचालेर नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।
उनले प्रत्येक वर्ष आफ्नै कीर्तिमान तोड्दै यो खेलमा लगातार नेपालका लागि स्वर्ण पदक दिलाउँदै आएकी हुन् । कजाकस्तानमा भएको च्याम्पियनसिपमा भारतसहित २० देशका खेलाडीहरुको सहभागी रहेको जनाइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का
काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा
काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ
काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष
बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई