Techie IT
२०८२ वैशाख १६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलअभ्यास खेलमा नेपाली महिला क्रिकेट टोलीले रोमाञ्चक जित निकाल्यो

अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोलीले रोमाञ्चक जित निकाल्यो


काठमाडौँ । एसिया कपका लागि श्रीलंकामा रहेको नेपाली महिला टोलीले अन्तिम अभ्यास खेलमा रोमाञ्चक जित निकालेको छ। श्रीलंका वुमन्स डेभलप्पमेन्टविरुद्धको तीन खेलको टी– २० अभ्यास खेलको अन्तिम खेलमा नेपालले २ रनको जित निकालेको हो ।

अघिल्ला दुई खेलमा पराजित नेपालले अन्तिम खेलमा सान्त्वना जित निकालेको हो । मंगलबार नेपालले प्रस्तुत गरेको १ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंकन टोली अन्तिम बल बाँकी हुँदा १ सय १० रनमा अलआउट भयो । उसका लागि भि बालासुर्याले ३८ रन बनाउनु सर्वाधिक रह्यो । उसको पछिल्लो क्रम सम्हालिन नसक्दा नेपाललाई तीन खेलमै पराजित गर्ने अवसरबाट वञ्चित भयो ।

श्रीलंका डेभलपमेन्टलाई अलआउट गर्ने क्रममा नेपालका लागि कविता जोशीले ३ विकेट लिँदा कृतिका मरासैनीले २ विकेट हात पारिन्। त्यस्तै, कविता कुँवर र इन्दु बर्माले समान एक विकेट लिए। श्रीलंका डेभलपमेन्टका तीन खेलाडी रनआउट भएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १२ रनको योगफल तयार पारेको थियो। नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३७ रन बनाउँदा विन्दु रावलले २० रन बनाएकी थिइन्। त्यस्तै, सीता राना मगरले १५ रन बनाउँदा इन्दु वर्मा ११ रनमा आउट भइन्।

यसअघि नेपाल पहिलो खेलमा ३३ रन र दोस्रो खेलमा चार विकेटले पराजित भएको थियो। नेपालले एसिसी महिला एसिया कपको तयारीस्वरुप श्रीलंका क्रिकेट संघको महिला विकास टोलीविरुद्ध अभ्यास खेल खेलेको हो। भारत, पाकिस्तान युएई सम्मिलित समूहमा रहेको नेपालले आफ्नो पहिलो खेलमा जुलाई १९ मा युएईसँग प्रतिस्पर्धा गर्नेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

Techie IT