Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलसातौँ एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालकी रितिका बनिन् ‘बेस्ट फाइटर’

सातौँ एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालकी रितिका बनिन् ‘बेस्ट फाइटर’


काठमाडौँ । सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी रितिका दर्नालले महिलातर्फ बेस्ट फाइटरको अवार्ड जितेकी छन् ।

भारतको गोआमा असार ७ गतेदेखि ९ गतेसम्म भएको प्रतियोगितामा ४१ केजी तौल समूहकी गोल्डमेडल रितिकाले बेस्ट फाइटरको अबार्ड पनि पाएकी हुन् ।

पुरुषतर्फको बेस्ट फाइटर अवार्ड भारतका ६८ केजी तौल समूहका गौरव सिंह मिश्रले जिते । तनहुँको भानुकी १४ वर्षीया रितिका लैनचौरको नर्थ प्वाइन्ट एकेडेमीमा कक्षा ९ मा अध्ययनरत छिन् ।

नेपालका सम्राट परियार (५५ केजी), मनिश्री चन्द (१४ केजी) र प्रशान्त बस्नेत (३३ केजी)ले पनि गोल्ड मेडल जितेका छन् ।

विपिन बिक (६४ केजी)ले काँस्य पदक हात पारे । नेपालकी अन्तर्राष्ट्रिय रेफ्रि रमिला खत्रीसहितको टोली प्रतियोगिताका लागि गोआ गएको थियो । खत्री निर्णायक मण्डल प्रमुख थिइन् ।

प्रतियोगितामा नेपालबाट काठमाडौँसहित चितवन र दाङबाट पनि टोली सहभागी भएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई

फाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा

खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…

काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै

साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने

काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि

काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति

आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू

काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को

फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको

Techie IT