Techie IT
२०८१ असार १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित


काठमाडौँ ।आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न नसक्दा नेपाल ७ विकेटको क्षतिमा १ रनले पराजित भएको हो ।

११६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ११४ रन बनायो ।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन जोडे । ४९ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरेका हुन् । अनिल शाहले २७ रन जोडे । उनले २४ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरे ।

कुशल भुर्तेलले २१ बलको सामना गर्दै १३ रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालको मध्यक्रमको ब्याटिङ कमजोर हुँदा जित नजिक पुगेको खेल गुमेको हो ।

दक्षिण अफ्रिकाका लागि तबरेज शम्सीले चार ओभर बलिङ गर्दा मात्र १९ रन दिएर चार विकेट लिए । एन्ड्रिच नोटरेज र एडेन मार्करामले एकएक विकेट हात पारे ।

सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए ४९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरेका हुन् । ट्रिस्टन स्टब्सले नेपालविरुद्ध १८ बल खेल्दै नटआउट २७ रन बनाए भने कप्तान एडेन मार्करामले १५ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेल एक्लैले चार विकेट लिए । उनले मात्र १९ रन दिएर चार विकेट हात पारे । अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरीले तीन विकेट हात पारे । उनले चार ओभर बलिङ गर्दा २१ रन दिए। सन्दीप लामिछानेले भने कुनै विकेट लिन सकेनन् । चार ओभर बलिङ गर्दा उनले १८ रन खर्चिए ।

समूह ‘डी’को दक्षिण अफ्रिका नेपालसँगको खेल अगाडि नै विश्वकपको सुपर ८ पुगिसकेको छ । चारमा चार जित निकाल्दै आठ अंकका साथ दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ । बंगलादेश चार अंकसहित दोस्रो स्थानमा छ भने दुई अंक जोडेको नेदरल्यान्डस् दुई अंकसहित तेस्रो स्थानमा छ । नेपाल र श्रीलंका भने समान तीनतीन खेल्दै एक एक अंक बाँडेर पुछारमा छन् । यो समूहबाट सुपर ८ पुग्ने बंगलादेशको सम्भावना बलियो बनेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पेरिस पारा ओलम्पिकमा भीमबहादुर कुमालले पाए ‘वाइल्ड कार्ड’

काठमाडौँ । नेपाली पारा पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पारा ओलम्पिक २०२४ खेल्ने भएका छन् । पारा ओलम्पिक फ्रान्सको पेरिसमा

सातौँ एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालकी रितिका बनिन् ‘बेस्ट फाइटर’

काठमाडौँ । सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी रितिका दर्नालले महिलातर्फ बेस्ट फाइटरको अवार्ड जितेकी छन् । भारतको

नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना हुँदै

काठमाडौँ । विश्व एक्वेटिक्स दिवसका अवसरमा नेपाल पौडी संघले प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता असार

विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टिम

काठमाडौँ । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन्

दीपेन्द्रसिंह ऐरी पुगे ‘अलराउन्डर’को छैठौँ नम्बरमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिँह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रियतर्फ अलराउन्डरको वरियतामा छैठौँ स्थानमा पुगेका छन् । यसअघि

विश्वकप क्रिकेटको सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लाग्यो

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । आजको खेलमा नेपाल बङग्लादेशसँग २१

Techie IT