गृहपृष्ठ ∕ खेल ∕ अन्तिम खेलमा सहज जित निकाल्दै फ्रेन्ड्स रेलिगेशनबाट बच्योअन्तिम खेलमा सहज जित निकाल्दै फ्रेन्ड्स रेलिगेशनबाट बच्यो नेपालीपत्र शुक्रबार, २०८० जेठ २६ गते, १७:२६ मा प्रकाशित खेल काठमाडौँ। फ्रेन्ड्स क्लब कुपन्डोल शहिद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेशनबाट बचेको छ। शुक्रबार दशरथ रंगशालामा भएको खेलमा विभागीय नेपाल एपिएफ फुटबल क्लबमाथि सहज जित निकालेपछि फ्रेन्ड्स रेलिगेसनबाट बचेको हो।लिगको अन्तिम खेलमा फ्रेन्ड्सले एपिएफलाई ४–० ले पराजित गर्यो।खेलको १५औं मिनेटमा टोरिक जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए। ३१औं मिनेटमा बिकास थापाले गोल गर्दै फ्रेन्ड्सको अग्रत दोब्बर पारे। ७१औं मिनेटमा रफिक अमिनुले गोल गरे भने ८२औं मिनेटमा एखरोरबेकले गोल गर्दै फ्रेन्ड्सलाई ४–० को सानदार जित दिलाए ।जितसँगै फ्रेन्ड्सले २६ खेलबाट ३० अंक जोडेको छ। पराजित एपिएफलाई भने रेलिगेसनको खतरा कायम छ। समान ३० अंक नै रहेपनि एपिएफ ‘हेड टु हेड’मा फ्रेन्ड्सभन्दा पछि छ। शनिबार हुने खेलमा थ्री स्टारले जावलाखेललाई पराजित गरे एपिएफमा पर्नेछ। बराबरी वा हार व्यहोरे थ्री स्टार रेलिगेसनमा पर्नेछ। #फ्रेन्ड्स क्लब कुपन्डोलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिकाठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरूकाठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाईपाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुनेबैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कराँतेमा उमेर समूहको काता प्रदर्शनमा नेपाललाई पहिलो स्वर्णपदककाठमाडौँ । भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलोधेरै पढिएका खबर १ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ? २ चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइते ३ अमेरिकामा लागेको डढेलोका कारण ५ जनाको मृत्यु ४ पार्टी पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने शर्माको प्रस्ताव ५ ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत ६ सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ रिलिज हुँदैछ ? ७ महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्दThe Film Nepal