गृहपृष्ठ ∕
खेल ∕
आर्सनललाई २ अङ्कले पछि पार्दै सिटीलाई कीर्तिमानी लिग उपाधि आर्सनललाई २ अङ्कले पछि पार्दै सिटीलाई कीर्तिमानी लिग उपाधि

Kyle Walker of Manchester City lifts the Premier League trophy following the Premier League match between Manchester City and West Ham United at the Etihad Stadium, Manchester, England. Sunday 19th May 2024. (Photo by Tom Flathers/Manchester City FC)
काठमाडौँ । इंग्लिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको प्रिमियर लिगको अन्तिम खेलमा वेस्ट ह्यामलाई ३–१ ले हराएर सिटीले लगातार चौथो पटक उपाधि जितेको हो ।
आर्सनललाई २ अङ्कले पछि पार्दै सिटीलाई कीर्तिमानी लिग उपाधि जितेको हो । लगातार चार पटक एउटै टोलीले लिग उपाधि जितेको यो इतिहासमा पहिलो पटक हो ।
म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले खेलको दोस्रो मिनेट मै गोल गरेका थिए । यस्तै उनले खेलको १८ मिनेटमा अर्को गोल थपे । खेलको ५९ औं मिनेटमा रोड्रिले गोल गरे । वेस्ट ह्यामका लागि भने मोहम्मद कुडुसले खेलको ४२ औं मिनेटमा गोल गरेपछि अर्को गोल हुन सकेन ।
गएरातिको अर्को खेलमा आर्सनलले एभर्टनलाई २–१ ले हराएको थियो । तर उपाधिका लागि पर्याप्त भएन । म्यान्चेस्टर सिटीले ३८ खेलमा २८ जित, ७ बराबरी र ३ हारसहित ९१ अङ्क बटुल्यो । आर्सनलले भने ३८ खेलमा २८ जित, ५ बराबरी र ५ हार सहित ८९ अङ्कमा दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने
मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।
सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका
फाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा
काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै