Techie IT
२०८१ फागुन २१, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलकाठमाडौँ महानगरपालिकाले जित्यो खुला मेयर कप फुटबल खेलको विजेता

काठमाडौँ महानगरपालिकाले जित्यो खुला मेयर कप फुटबल खेलको विजेता


काठमाडौँ । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका विजेता भएको छ । गोदावरी नगरपालिका वडा नं. १० टाहाखेल वहुउद्देश्यीय रङ्गशालामा आज चन्द्रागिरी नगरपालिकाको टीमसँग भएको फाइनल खेलमा २–१ अन्तरले महानगरपालिका विजेता भएको हो । यससँगै महानगरपालिकाले नगद ५ लाख रुपैयाँसँगै ट्रफी प्राप्त गरेको छ । यस्तै खेलाडीहरुलाई पदक र मेडल प्रदान गरिएको छ ।

खेलमा काठमाडौँ महानगरपालिकाका प्रशिक्षक सन्तोष न्यौपानेले उत्कृष्ठ प्रशिक्षक, किपर सुदीप गिरीले उत्कृष्ट किपर र एरिक विष्टले उत्कृष्ठ खेलाडी उपाधि प्राप्त गरे । आजको खेलको म्यान अफ द म्याच महानगरका खेलाडी अखिलेश कार्कीले प्राप्त गरे ।

प्रशिक्षक सन्तोष न्यौपानेको प्रशिक्षण, पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानी र नविन चित्रकारको टीम व्यवस्थापनमा महानगरपालिकाका खेलाडीले प्रतिस्पर्धा गरेको थियो ।

प्रतियोगितामा काठमाडौँ जिल्लाबाट काठमाडौँ महानगरपालिकासहित ९ वटा स्थानीय तहबाट ९ वटा टीमले भाग लिएका थिए । यस्तै ललितपुर जिल्लाका ४ वटा स्थानीय तहबाट ललितपुर महानगरपालिकासहित ५ वटा टीम र भक्तपुर जिल्लाबाट १ स्थानीय तहबाट १ वटा टीमको सहभागिता थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट

१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍याे

काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का

नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने

बागमती गोल्डकप आगामी शनिबार देखि

मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका

Techie IT