गृहपृष्ठ ∕ खेल ∕ गौतम बुद्ध क्रिकेट रंगशालाको टेन्डर रद्दगौतम बुद्ध क्रिकेट रंगशालाको टेन्डर रद्द नेपालीपत्र बुधबार, २०८१ जेठ २ गते, ११:५३ मा प्रकाशित खेल काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ । भरतपुर महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै टेन्डर रद्द गरेको जनाएको हो ।महानगरले तोकेको मापदण्ड अनुसारको प्राविधिक प्रस्ताव नपाइएकोले आर्थिक प्रस्ताव खोल्नु अगाडि नै टेन्डर रद्द गरिएको बताइएको छ । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको रंगशाला महानगरले बनाउने जिम्मा लिएर टेण्डर खोलेको थियो ।३० दिनको म्याद राखेर गत फागुन १७ गते १ अर्ब १० करोडको ठेक्का टेन्डर आह्वान गरिएको थियो । एकमात्र एमए कन्स्ट्रक्न प्रालिले ठेक्का हालेको थियो । ठेक्काको मापदण्ड एक मात्रै कम्पनीलाई मिल्ने गरी बनाएको भनेर सार्वजनिक आलोचनासमेत भएको थियो ।सार्वजनिक खरिद अनुगमन कार्यालयसमेतको सल्लाहमा टेन्डर रद्द गरेर नयाँ टेन्डर निकाल्न लागिएको हो । महागनरले पुनः ३० दिनको म्याद राखेर भोलि टेन्डर निकाल्ने तयारी गरेको छ । #गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाईकास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट १०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्याेकाठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुनेकाठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने बागमती गोल्डकप आगामी शनिबार देखिमकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ । नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्डसर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएकाधेरै पढिएका खबर १ मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख विनियोजन २ वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि ३ १०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्याे ४ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ५ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ६ दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला ७ पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस्The Film Nepal