Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलजर्मनको बर्लिनमा हुने मलखम्ब खेलमा नेपालबाट ४ जना सहभागी हुने

जर्मनको बर्लिनमा हुने मलखम्ब खेलमा नेपालबाट ४ जना सहभागी हुने


काठमाडौँ। अन्तराष्ट्रिय मलखम्ब फेडेरेसन तथा रमणवाग युवा मंच जर्मनीको संयुक्त आयोजना र मलखम्ब फेडेरेसन अफ अमेरिकाको ब्यबस्थापनमा जर्मनको बर्लिनमा मे १६ देखि २० सम्म हुने खेलमा नेपाल पनि समाबेस भएको छ।

आज भएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष प्रा डा सूर्यबहादुर कार्कीको अध्यक्षतामा भएको थियो। नेसनल मलखम्ब एसोसिएसन अफ नेपालको तर्फबाट खेलाडी आरुसी बिमली र सोबिका कार्की खेलमा सहभागी हुनेछिन भने टिम ब्यबस्थापक इन्दिरा अर्याल र एसोसिएसनका संरक्षक महेन्द्र प्रसाद भट्टराई जर्मनको बर्लिनमा मे १६ देखि २० सम्म हुने खेलमा सहभागी हुने सचिव जनकराज उपाध्यायले बताउनुभयो । पत्रकार सम्मेलन एसोसिएसनका संरक्षक महेन्द्र प्रसाद भट्टराई,कोषाध्यक्ष सुनिता भट्टराई,भरत दंगाल लगाएतको उपस्थिति रहेको थियो ।

२०२३ मा भारतको आसाममा भएको खेलमा नेपाल दोश्रो स्थान हासिल गर्न सफल भएको थियो । नेपालले काठमाडौँमा भएको तेश्रो साउथ योग एसियन च्याम्पीयनसिप र काठमाडौँ विश्वबिध्यालयको दीक्षान्त समारोहमा मलखम्ब खेल प्रदर्शन भएको थियो ।

भारतको सबैभन्दा पुरानो खेल जसलाई सन् १९५८ मा पहिलो पटक राष्ट्रिय जिम्न्यास्टिक च्याम्पियनसिप अन्तर्गत राष्ट्रियस्तरको प्रतियोगितामा मलखम्ब समावेश भएको थियो । मलखम्ब भारतको एक परम्परागत खेल हो, जसमा खेलाडीहरूले काठको पोल वा डोरीमा विभिन्न चालहरू प्रदर्शन गर्छन्। मलखाम्बमा जमिनमा राखिएको १० देखि १२ फिट अग्लो सागौन वा गुलाफको काठ, तलबाट ५ देखि ६ इन्च र माथिबाट १.५ देखि २ इन्च व्यासमा जग्गिङ गरिन्छ।

काठको पोलमा हुक र चेनको सहायताले अर्को काठको पोललाई जमिनबाट ३.५ देखि ४ फिटको उचाइमा झुण्ड्याएर त्यसमा खेलाडीहरूले मलखाम्ब प्रदर्शन गर्छन्। यो मलखाम्बको आधुनिक प्रकार हो, मुख्यतया महिला खेलाडीहरूका लागि प्रयोग गरिन्छ। यसमा डोरीको सहायताले विभिन्न योग आसनहरूलाई चित्रण गरिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT