Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलपूर्वगोलकिपर मल्लले माल्दिभ्समा एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स गर्ने

पूर्वगोलकिपर मल्लले माल्दिभ्समा एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स गर्ने


काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर विकास मल्लले एसियाली फुटबल महासंघ (एएफसी)को कार्यक्रमानुसार माल्दिभ्समा एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स गर्ने भएका छन् ।

एएफसीसँगको सहकार्यमा माल्दिभ्स फुटबस संघ (एफएएम)ले आयोजना गर्ने कोर्समा भाग लिन मल्ल बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

राष्ट्रिय टिममा गोलकिपर प्रशिक्षकको भूमिकामा रहेर चार वर्ष काम गरेका मल्लले यसअघि नेपालमै ‘बी’ लाइसेन्स कोर्स गरेका थिए ।

माल्दिभ्सको राजधानी मालेमा कोर्स दुई चरणमा गरेर सम्पन्न हुनेछ । पहिलो चरणको कोर्स यही मे १२ देखि २३ सम्म हुनेछ । दोस्रो चरणको कोर्स आउँदो अगस्ट ४ देखि १५ सम्म हुनेछ ।

मल्लसँगै नेपाल पुलिस क्लबका पूर्वखेलाडी एवं अखिल नेपाल फुटबल संघ (एन्फा)का ग्रासरुट प्रशिक्षक पंकज शाही पनि कोर्स गर्न माल्दिभ्स गएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT