Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलवेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे


काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ ।

वेस्ट इन्डिज ‘ए’ ले दिएकाे २ सय १० रनकाे लक्ष्य पछ्याएकाे नेपाल २० ओभर १ सय ८१ रन बनाउँदा अल आउट भयाे । नेपालका कप्तान राेहित पाैडैलले सबैभन्दा धेरै ८२ रन बनाए । ४७ बल खेलेका राेहितले ५ छक्का र ७ चाैका प्रहार गरे । नेपालका अन्य ब्याटरले साथ दिन सकेनन् । सन्दीप जाेरा, दीपेन्द्रसिंह ऐरी र गुल्सन झा समान १९ रन बनाएर आउट भए । यस्तै अबिनाश बाेहराले ८ बलमा नट आउट १७ रन बनाए । वेस्ट इन्डिज ‘ए’ का म्याथ्यु फाेर्डे र हेडन वाल्शले समान ३ विकेट लिए । यस्तै फबेन एलेन र गुदाकेश माेटीले समान २ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनायाे । वेस्ट इन्डिज ‘ए’ का आन्द्रे फ्लेचरले सबैभन्दा धेरै नट आउट ८४ रन बनाए । यस्तै जाेनसन चार्ल्सले ५८, पबेन एलेनले नट आउट ३३ रन बनाए । नेपालका कुशल भुर्तेलले २ र प्रतिस जिसीले १ विकेट लिए ।

याेसँगै वेस्ट इन्डिज ‘ए’ ले एक खेलअघि नै टी–२० क्रिकेट शृङ्खला जितेकाे छ । पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रन र हिजो भएको तेस्रो खेलमा ७६ रनले हराएको थियो । शृङ्खलाको पाँचौँ तथा अन्तिम खेल पर्सि शनिवार हुनेछ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेलिरहेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT