Techie IT
२०८१ माघ ९, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलटोटनहम छोड्ने तयारीमा ह्यारी केन !

टोटनहम छोड्ने तयारीमा ह्यारी केन !


एजेन्सी । यस सिजनको प्रिमियर लिग अन्त्यतिर आइसकेको छ । यस सिजन टोटनहमले अपेक्षा अनुसार खेल प्रदर्शन गर्न सकेन । प्रशिक्षक एन्टोनियो कोन्टेले बीच बाटोमा नै आफ्नो जिम्मेवारीबाट पछि हटे ।

क्लबले अन्तरिम प्रशिक्षक रायन मेसनको भरमा बाँकी खेल खेलाइरहेको छ । युरोपियन प्रतिस्पर्धामा पनि टोटनहम छनोट हुन नसक्ने प्रवल सम्भावना रहेको छ । मिडिया रिपोर्टका अनुसार यस सिजनको अन्त्यसँगै स्टार खेलाडी ह्यारी केनले क्लब छोड्ने तयारी गरेका छन् ।

उनी म्यानचेस्टर युनाइटेड जाने बलियो सम्भावना रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

ब्रेन्टफोर्डसँग पराजित भएसँगै उनले घरेलु मैदानमा आफ्ना फ्यानहरुलाई अन्तिम बाइ गरेको बताइएको छ ।

म्यानुले यस अघि पनि उनलाई अनुबन्ध गर्न चाहेको थियो ।

तर, केन टोटनहममा नै रहन चाहे । आफ्नो सम्झौता सकिन १२ महिना बाँकी रहेको अवस्थामा उनले क्लब छोड्ने तय गरेको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…

काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै

साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने

काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि

काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति

आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू

काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को

फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको

प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने

बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका

Techie IT