Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित


काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १० रनले पराजित गरेको छ ।

आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १०६ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङ गर्ने क्रममा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५० रन मात्र बनाउन सके ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७१ रन बनाए । त्यसैगरी गुलशन झाले २६ रन, लोकेश बमले १७ रन,आरिफ शेखले १२ रनको योगदान गरे । अन्य खेलाडिले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

वेस्ट इन्डिजका ओबेद म्याककोय र गुडाकेश मोतीले २–२ विकेट,ओसेन थोमस र रोस्टन चेजले १–१ विकेट लिए।

त्यस अगाडि वेस्ट इन्डिज ‘ए’का ०६ रनको योगफल बनाउँदा आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाएका थिए । कप्तान रोस्टन चेजले २३ रन जोडे भने अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले २–२,सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’टोलीसँग खेलेको हो ।

शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले हराएको थियो । नेपाल र वेस्टइन्डिज ‘ए’बीचको तेस्रो खेल वैशाख १९ गते हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

Techie IT