Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलअन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य जित्यो

अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य जित्यो


काठमाडाैँ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा पदक जितेको छ । अन्तर्राष्ट्रिय उसु महासङ्घको आयोजनामा जियाङ्सु प्रान्तको जियानझिङमा भएको प्रतियोगितामा नेपालले सान्सौँ विधातर्फ एकलमा २ रजत र २ वटै कास्य पदक जितेको छ ।

यस्तै थाउलो विधाको एकल र टिम इभेन्टमा पनि नेपालले समान १/१ कास्य पदक जितेको छ । सान्सौँ विधाको पुरुष ८० केजी तौल समूहमा सञ्जिव महर्जन र त्यही विधाको महिला ५६ केजी तौल समूहमा विद्या गुरुङले रजत पदक जितेका चीनबाट उसु प्रशिक्षक निकेश श्रेष्ठले जानकारी दिए ।

स्वर्ण पदक ल्याउन नसके पनि सञ्जिव र विद्या दुवै नोभेम्बरमा अस्ट्रेलियामा हुने उसुको सान्सौँ विश्वकपमा छनाेट हुन सफल भएका छन् । सान्सौँतर्फ नेपालले यसअघि अस्ति बुधवार दुई वटै कास्य पदक जितेको थियो । लुमन्ती श्रेष्ठले महिला ६५ केजी र किरण सिंह साउदले ९० केजी तौल समूहमा कास्य पदक जितेका थिए ।

यस्तै प्रतियोगिताको अन्तिम दिन हिजो थाउलो विधाको नानछ्वानमा नेपालका दीपक हमालले कास्य पदक जितेका थिए । थाउलोतर्फकै तुईलिन विधाको टिम इभेन्टमा नेपालका पुरुष खेलाडीले अर्को एक कास्य पदक जिते । विजय सिन्जाली, दीपक हमाल र राजिव गुरुङले पुरुष टिम इभेन्टमा थप कास्य पदक जितेका प्रशिक्षक निकेश श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा सहभागिता जनाउन २० सदस्यीय नेपाली उसु टोली गएको आइतवार त्यसतर्फ प्रस्थान गरेको थियो । अब आउने सोमवार नेपाली टोली स्वदेश फर्किने प्रशिक्षक श्रेष्ठले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

Techie IT