काठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रनको योगफल तयार पारेर सो लक्ष्य दिएको हो ।
नेपालको लागि गुलशन झाले सर्वाधिक ४६ रन बनाए । कुशल मल्लले ३४ रन, कप्तान रोहित पौडेलले ३३ रन, कुशल भुर्तेलले २५ रन, सन्दीप जोराले २१ रन, अनिल शाहले १२ रन, आसिफ शेखले ११ रन र विवेक यादवले ७ रन जोडे ।
आयरल्यान्ड ‘ए’ का म्याथ्यु फस्टरले ३ र बेन ह्वाइटले २ विकेट लिए । फिन ह्यान्ड र गेभिन होईले एकरएक विकेट लिए ।
सिरिजको पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो ।