Techie IT
२०८१ फागुन ८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलपपुवा न्युगिनीले नेपाललाई दियो १७२ रनको लक्ष्य

पपुवा न्युगिनीले नेपाललाई दियो १७२ रनको लक्ष्य


काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको पीएनजीले आठ विकेट गुमाएर १७१ रन बनायो । खराब शुरुवात गरेपनि उसले पछि राम्रो स्कोर खडा गर्यो । एक समय ४३ रनमा ४ विकेट गुमाएर संकटमा परेको पीएनजीका लागि टोनी उराले सम्हालिएर खेल्दै टिमको स्कोर अघि बढाए । टोनी उराले सर्वाधिक ६१ रन बनाए ।

ओपनर उरा छैटौं विकेटका रुपमा आउट भए । नवौं क्रमका ब्याटर एली नावोले आक्रामक खेल्दै १० बलमा ३ छक्का र एक चौका हान्दै नटआउट रन बनाए । हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रन बनाए ।नेपालले १३ अतिरिक्त रन दियो । नेपालका लागि कुशल भूर्तेल र आकाश चन्दले समान ३ विकेट लिए । यस्तै करण केसी र गुल्सन झाले समान १ विकेट लिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने

बागमती गोल्डकप आगामी शनिबार देखि

मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई

फाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा

खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…

काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै

Techie IT