Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलपीएनजीलाई हराउँदै नेपाल फाइनलमा

पीएनजीलाई हराउँदै नेपाल फाइनलमा


काठमाडौँ । नेपालले त्रिकोणात्मक टी– २० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।

मगंलबार बिहान भएको खेलमा नेपालले पीएनजीविरुद्ध ८५ रनको फराकिलो जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको हो । एक सय ९९ रनको लक्ष्य पाएको पीएनजीले १६‍.१ ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन जोड्यो।

नेपालका कुशल भुर्तेलले ४ र प्रतिस जिसीले २ तथा गुल्सन झा र आकाश चन्दले एक एक विकेट लिए । कुशलले ४ ओभरमा केवल १२ रन मात्र खर्चिएका थिए ।

विवेक यादवले पनि एक विकेट हात पारे। जितसँगै नेपाल फाइनल पुगेको छ । अब पीएनजी र हङकङबीच हुने खेलको विजेताले नेपालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेको पीएनजी कुनै समय ८९–४ को स्थितीमा थियो । तर लगातार तीन बलमा तीन विकेट गुमाएको पीएनजी संकटमा परेको थियो । शृंखलाअन्तर्गत नेपाल र हङकङबीच भएको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT