काठमाडौँ । बहराइनविरुद्ध फुटबल खेल्ने प्रारम्भिक टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले शुक्रबार ३३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा बहराइनविरुद्ध खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा भएको हो ।
नेपालले चैत ८ र १३ गते बहराइनसँग दुई खेल खेल्दैछ । प्रारम्भिक टोली ५ नयाँ खेलाडी छन् ।
प्रारम्भिक टोली
गोलकिपरः किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की र अभिषेक बराल
डिफेन्डरः अजय चौधरी, अनन्त तामाङ, एइन्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दिपेन्द्र विक, रोहित चन्द, सनिस श्रेष्ठ, सुमित श्रेष्ठ र योगेश गुरुङ
मिडफिल्डरः एरिक विष्ट, विशाल तामाङ, कृतिश रत्न छुन्जु, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरजज्यु ठकुरी र उत्सव राई
फरवार्डः अञ्जन विष्ट, आयुष घलान, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, राजेश परियार, समिर तामाङ र सञ्जिव विष्ट ।