गृहपृष्ठ ∕
खेल ∕
वाफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेता वाफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेता
काठमाडौँ । वाफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा गएराति सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग पेनाल्टीमा ५–३ गोलले पराजित भएको हो ।
योसँगै जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ । नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो । खेलको मध्यान्तरसम्म नेपालले १–० गोलको अग्रता बनाएको थियो । नेपालका लागि सविता राना मगरले खेलको २९ औँ मिनेटमा गोल गरेकी थिइन् । त्यस्तै खेलको ७४औँ मिनेटमा जोर्डनकी लाना फेरासले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याइन् ।
त्यसपछि खेलको ८९औँ मिनेटमा जोर्डनले खेलमा दोस्रो गोल गर्यो । जोर्डनका लागि साराह अबु साबाहले गोल गरिन् । खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा पेनाल्टीमा नेपालकी गीता रानाले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो । त्यसपछि खेल पेनाल्टीमा गएको थियो । फिफा वरियतामा नेपाल एक सय पाँचौँ स्थानमा छ भने जोर्डन ७४औँ स्थानमा छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का
काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा
काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ
काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष
बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई