Techie IT
२०८२ वैशाख १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाल नामिबियासँग फेरि पराजित

नेपाल नामिबियासँग फेरि पराजित


काठमाडौँ । आइसीसी विश्वकप लिग– २ अन्तर्गतको खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल २ विकेटले पराजित भएको हो ।

नामिबियासँग नेपालको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल ४ विकेटले स्तब्ध बनेको थियो । नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो । नामिबियाका लागि कप्तान गेहार्ड इरामुसले अर्धशतकसहित ५२ रन बनाए भने माइकल भानले ३१ रन बनाए । त्यस्तै रुबेनले १६ रन बनाए भने जेएस स्मिथ ३४ रनमा अविजित रहे ।

नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, ललित राजबंशी र कुशल मल्लले एक–एक विकेट लिए ।

यसअघि नेपाल ३७.१ ओभरमा अलआउट हुँदै १६८ रन बनाएको थियो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रन बनाए । त्यसैगरी कुशल मल्लले ३६ रन, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ रन र करण केसीले १२ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

शेखले १ छक्का र ८ चौका प्रहार गरेका थिए भने मल्लले ३ छक्का र १ छक्का प्रहार गरे ।

नामिबियाका लागि बर्नार्ड स्कल्ट्ज र निकोल लोफ्टि(इटनले सर्वाधिक ४–४ विकेट, जेरार्ड एरास्मस र ज्याक ब्रेसलले १–१ विकेट लिन सफल भए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

Techie IT