Techie IT
२०८१ पुस २४, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेल‘ए’ डिभिजन लिगमा आज चार खेल, चर्च ब्वाइजलाई च्याम्पियन बन्ने मौका

‘ए’ डिभिजन लिगमा आज चार खेल, चर्च ब्वाइजलाई च्याम्पियन बन्ने मौका


काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबार चार खेलहरु हुँदैछन् । दोस्रो लेगको १२ औं चरण अन्तर्गत आज दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने एक–एक खेल च्यासल र एन्फा कम्प्लेक्समा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाईटेड र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

२४ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको चर्च ब्वाइजलाई उपाधि जित्न अब मात्र एक अंकको आवश्यकता रहेको छ । अर्कोतर्फ २४ खेलमा २८ अंकसहित १२ औं स्थानमा रहेको थ्री स्टारलाई रेलिगेसनबाट बच्न आजको खेलमा जितको नतिजा महत्वपूर्ण रहेको छ ।

यस्तै, दशरथ रंगशालामा हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

सातदोबाटो २४ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ भने जावलाखेल २४ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस्तै च्यासल मैदानमा एफसी खुमलटार र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

खुमलटार २४ खेलमा २४ अंक जोडेर पुछारमा रहेको छ भने एपीएफ २४ खेलमा ३० अंक जोडेर नवौं स्थानमा रहेको छ । यस्तै, एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो ३ बजे खेल हुँदैछ ।

आर्मी २४ खेलमा ३० अंक जोडेर आठौं स्थानमा रहँदा पुलिस २४ खेलमा ३७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि

काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति

आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू

काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को

फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको

प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने

बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका

कराँतेमा उमेर समूहको काता प्रदर्शनमा नेपाललाई पहिलो स्वर्णपदक

काठमाडौँ ।  भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो

जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’

धनुषा । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन्

Techie IT