Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेल२०२६ को फिफा विश्वकपको उद्घाटन मेक्सिको र फाइनल अमेरिकामा हुने

२०२६ को फिफा विश्वकपको उद्घाटन मेक्सिको र फाइनल अमेरिकामा हुने


काठमाडौँ । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको उद्घाटन खेल मेक्सिको र फाइनल खेल अमेरिकामा हुने भएको छ ।

उद्घाटन खेल ११ जुनमा मेक्सिकोको अज्टेका स्टेडियममा हुने फिफाले जनाएको छ । यस्तै फाइनल खेल १९ जुलाइमा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियमा हुनेछ ।

अमेरिका, मेक्सिको र क्यानडामा ३९ दिन चल्ने विश्वकपमा कूल १०४ खेल हुनेछन् । २०२२ को कतार विश्वकप भन्दा १० दिन बढी चल्ने २०२६ को विश्वकपमा तीन देशका १६ शहरमा हुनेछ ।

अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकपको रुपमा २०२६ को विश्वकपमा पहिलो पटक ४८ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

पहिलोपटक विश्वकपको आयोजक बनेको क्यानडाले आफ्नो पहिलो खेल १२ जुनमा टोरोन्टोमा खेल्नेछ । यस्तै अमेरिकाले पनि १२ जुनमै लस एन्जलसमा आफ्नो पहिलो खेल खेल्नेछ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनो, कमेडियन तथा एक्टर केभिन कार्ट, र्‍यार ड्रेक र सेलेब्रेटी किम कार्दासियननले आइतबार २०२६ को विश्वकपको खेल आयोजना स्थल बारे सार्वजनिक गरेका हुन् ।

जसमा क्वाटरफायनलका खेलहरु अमेरिकाको लस एन्जलस, कान्सास सिटी, मायमी र बोस्टनमा हुनेछ । यस्तै सेमिफाइनलका खेलहरु डल्लास र एटलान्टामा हुनेछ भने तेस्रो स्थानको लागि खेल मायामीमा हुनेछ । फिफाका अनुसार डल्लासमा सबैभन्दा धेरै ९ खेल आयोजना हुनेछन् ।

यस विश्वकपको ‘ड्र’ भने २०२५ को अन्तिममा सार्वजनिक गर्ने फिफाले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

Techie IT