गृहपृष्ठ ∕
खेल ∕
आर्सनलले लिभरपुललाई हरायो, म्यान्चेस्टर युनाइटेड पनि विजयी आर्सनलले लिभरपुललाई हरायो, म्यान्चेस्टर युनाइटेड पनि विजयी
काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा रहेको लिभरपुललाई दोस्रो स्थानमा रहेको आर्सनलले हराएको छ ।
गएराति भएको खेलमा घरेलु टोली आर्सनलले लिभरपुरलाई ३–१ गोलले हराएको हो । अङ्क तालिकामा लिभरपुल २३ खेलमा ५१ अङ्कसहित शीर्ष स्थानमा कायम नै छ । दोस्रो स्थानमा रहेको आर्सनलको २३ खेलमा ४९ अङ्क छ । जितपछि आर्सनलले शीर्ष स्थानको दूरी भने घटाएको हो ।
यस्तै, हिजै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामलाई ३–० को गोल अन्तरले हराएको छ । यो जितसँगै म्यान्चेस्टर युनाइटेड २३ खेलमा ३८ अङ्कसहित छैटौँ स्थानमा उक्लिएको छ । वेस्ट ह्याम समान २३ खेलमा ३६ अङ्कसहित सातौँ स्थानमा छ ।
यसैगरी हिजो नै उल्भ्सले चेल्सीलाई ४–२ गोलले हराएको छ । चेल्सी २३ खेलमा ३१ अङ्कसहित ११औँ स्थानमा छ । उल्भ्स समान खेलमा ३२ अङ्कसहित चेल्सीभन्दा एक स्थान माथि छ । बर्नमाउथ र नटिङ्घम फरेस्टले भने १–१ गोलको बराबरी खेलेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट
काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का
काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने
मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।
सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३