फ्रेन्च लिग वानमा ‘साम्बा’को डेब्यु
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबलकी स्टार खेलाडी सावित्रा भण्डारी “साम्बा” ले विश्वकै लोकप्रिय महिला लिगको रुपमा रहेको फ्रेन्च लिग वानमा डेब्यु गरेकी छन् ।
उनले शुक्रबार मात्र लिग वानको क्लब एन अभान्ट ग्वेंगाम्पबाट खेलको ७५ औँ मिनेटमा डेब्यु गरेकी हुन् । लिगको १० औँ स्थानमा रहेको एन अभान्ट ग्वेंगाम्पले साम्बा डेब्यु गरेको खेलमा भने विपक्षि बोर्डेसँग बराबरी खेल्यो ।
ग्वेंगाम्पले पहिलो हाफको ८ औँ मिनेटमा १–० को अग्रता लिएको थियो । ग्वेंगाम्पको तर्फबाट एस्टारोभाले गोल गर्दै टिमलाई अग्रता दिएकी थिईन् तर विपक्षी बोर्डेको तर्फबाट लौराले ३६ औँ मिनेटमा गोल गरेपछि खेल १–१ को बराबरीमा सकियो ।
खेलमा ९ अंकसहित साम्बाको टिम ग्वेंगाम्प १० औँ स्थानमा रहेको छ । भने ४२ अंक सहित लियोन पहिलो स्थानमा छ । पेरिस सेन्ट जर्मेन ३२ अंक सहित दोश्रो स्थानमा रहँदा पेरिस फुटबल क्लब २५ अंक सहित तेश्रो स्थानमा छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट
काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का
काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने
मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।
सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३