Techie IT
२०८१ फागुन ७, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलबंगलादेशका अलराउन्डर नासिर हुसेनलाई दुई वर्ष प्रतिबन्ध

बंगलादेशका अलराउन्डर नासिर हुसेनलाई दुई वर्ष प्रतिबन्ध


काठमाडौँ । बंगलादेशका अलराउन्डर नासिर हुसेनलाई दुई वर्ष प्रतिबन्ध लागेको छ । हुसेनलाई एन्टी करप्सन संहिता उल्लंघन गरेको आरोपमा प्रतिबन्ध लगाइएको हो ।

सेप्टेम्बर २०२३ मा आइसिसीले लगाएका तीन आरोप हुसेनले स्वीकार गरेका छन् । जसका कारण उनलाई छ महिनाको निलम्बनसहित दुई वर्षको प्रतिबन्ध लगाइएको छ ।

हुसेनलाई २०२०–२१ अबुधाबी टी– १० लिगमा इमिरेट्स क्रिकेट बोर्डको भ्रष्टाचार विरोधी संहिता उल्लंघन गरेको भन्दै आइसिसीले सबै क्रिकेटबाट दुई वर्षको प्रतिबन्ध लगाएको हो । उनी अप्रिल ७, २०२५ मा अन्तर्राष्ट्रिय क्रिकेट खेल्नका लागि योग्य हुनेछन् ।

आइसिसीका अनुसार हुसेनविरुद्धको आरोप उपहार लिएर प्रभावित भएको भन्ने छ । जसमा पाएको आइफोन १२ को रसिद उनले दिन असफल भएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने

बागमती गोल्डकप आगामी शनिबार देखि

मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई

फाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा

खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…

काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै

Techie IT