Techie IT
२०८२ वैशाख १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलबागमतीविरुद्ध आर्मी ९७ रनमा अलआउट

बागमतीविरुद्ध आर्मी ९७ रनमा अलआउट


काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब बागमती प्रदेशविरुद्धको खेलमा ९७ रनमा अल आउट भएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७ ओभर १ बलमा ९७ रनमै सीमित भएको हो । आर्मीलाई सस्तोमा आउट गर्न बागमतीका सूर्य तामाङले सर्वाधिक ५ विकेट लिए ।

९ ओभर बलिङ गरेका सूर्यले २ मेडनसहित २६ रन खर्चेर ५ विकेट लिए । सूर्यले यसअघि मंगलबार भएको खेलमा मधेस प्रदेशविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका थिए । बागमतीका रिजन ढकाल र प्रतिश जिसीले २–२ र कृजन गुरुङले १ विकेट लिए ।

आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए । भिम सार्कीले १८ र विवेक यादवले नटआउट ११ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

Techie IT