गृहपृष्ठ ∕ खेल ∕ महिला क्रिकेटमा एपिएफले कोशीलाई दियो १४० रनको लक्ष्यमहिला क्रिकेटमा एपिएफले कोशीलाई दियो १४० रनको लक्ष्य नेपालीपत्र आईतबार, २०८० पुस १५ गते, ११:५२ मा प्रकाशित खेल काठमाडौँ । प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय प्रतियोगिताको पहिलो छनोट खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कोशी प्रदेशलाई फाइनलमा पुग्नका लागि १ सय ४० रनको बलियो लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा एपिएफका कप्तान सीता रानामगर र इन्दु बर्माको उत्कृष्ट ब्याटिङमा निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा एक सय ३९ रन बनायो । उसका लागि इन्दु बर्माले सर्वाधिक ५६ रनको योगदान दिइन । उनी ५० बलमा तीन चौका र एक छक्का प्रहार गरिन । त्यस्तै सीता रानामगरले ३७ बलमा तीन चौका र दुई छक्कासहित ४५ रनमा रन जोडिन । रोमा थापाले १८ रन जोड्दा ज्योति पाण्डेले १२ रन बनाइन ।कोशी प्रदेशका लागि कप्तान रुविना क्षेत्रीले एक विकेट लिइन् । विजेता टोली फाइनल खेल्नेछ भने पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । #महिला टी २०ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमाधरान । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माघमा हुने भएको छ । आज यहाँ आयोजित पत्रकार एनपीएलको फाइनल खेलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् । पहिलो संस्करणको एनपीएल सम्पन्न: कसले कति पुरस्कार पाए ?काठमाडौँ । गएको मंसिर १५ गतेदेखि शुरु भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सकिएको छ । शनिबार जनकपुर कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स फाइनलमाकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा ‘क्वालिफायर’ टू को खेलमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स यू–१९ महिला क्रिकेट: आज नेपाल श्रीलंका भिडदैकाठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको सुपर फोरमा आज (बिहीबार) नेपालले श्रीलंकाको सामना गर्दैछ । मलेसियाको बायुमास जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमाकाठमाडाैँ । जनकपुर बाेल्ट्सलाई हराउँदै सुदूरपश्चिम राेयल्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज भएकाेधेरै पढिएका खबर १ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत २ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता ३ यू–१९ महिला क्रिकेट: आज नेपाल श्रीलंका भिडदै ४ चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी ५ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ६ छोराको कुटपिटबाट बुवाको मृत्यु ७ स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित काठमाडाैँबाट चार जना पक्राउThe Film Nepal